सुरुङ्गा । 

ड्राइभिङ सेन्टर सुरुङ्गा एण्ड दोमुखाले हाल गरिरहेको सामाजिक कार्यलाई निरन्तरता दिदै आगामी दिनमा थप तीन वटा सामाजिक कार्य गर्ने घोषणा गरेको छ । 

झापाको कनकाई नगरपालिका वडा नम्बर ३ मा कार्यालय रहेको ड्राइभिङ सेन्टरले आज (बिहीवार) सुरुङ्गामा पत्रकार सम्मेलन गर्दै तीन वटा सामाजिक कार्य गर्ने घोषणा गरेको हो । 

ड्राइभिङ सेन्टरका सञ्चालक सूर्यप्रसाद चौलागाईले आगामी बर्षहरुमा कनकाई नगरभित्रका गरिव, असक्त, आदिवासी, तथा जनजातीहरुलाई निःशुल्क ड्राइभिङ तालिम सञ्चालन गर्ने, सडक दुर्घटना र बिपद्मा परेका घाइतेलाई जुनसुकै अस्पताल पुर्याउन निःशुल्क सवारी साधनको ब्यवस्था गर्ने र रगतको चरम अभावलाई न्युनिकरण गर्न निःशुल्क रुपमा रगत उपलब्ध गराउने घोषणा गरेका छन् । 

१६ बर्ष अघि सञ्चालन भएको उक्त ड्राइभिङ सेन्टरले स्थानीय तह, संघ, संस्था, प्राबिधिक शिक्षालयलगायतसँगको सहकार्यमा शिवसताक्षी, बिर्तामोड, मेचीनगर, दमक नगरपालिकाका बिभिन्न वडा कार्यालय र सो नगरमा रहेका सिटीइभिटी मान्यता प्राप्त प्राबिधिक शिक्षालयहरुमा गरिव, जेहेन्दार, पिछडीएका बर्गा, एकल महिला तथा बिद्यार्थीहरुलाई ३९० घण्टाको लाइट भेकल तथा मेकानिकल कक्षा सञ्चालन सहित सामाजिक कार्य गर्दै आएको सञ्चालक चौलागाईले बताए । 

driver

उनका अनुसार हाल ड्राइभिङ सेन्टरले निःशुल्क पानी अभियान चलाई रहेको छ । त्यस्तै बिभिन्न संघ÷संस्थाले गर्ने सामाजिक कार्यक्रममा निःशुल्क पानी उपलब्ध साथै कनकाई–३ को शिव मन्दिरमा बगतका बर्षबाटै निःशुल्क रुपमा धारा जडान गरी पानीको ब्यवस्था गरिदिएको छ । 

आफ्नै डाइभिङ तालिमको ब्यवस्था गरेर कनकाई नगरभित्रका गरिव, असक्त, आदिवासी, तथा जनजातीहरुलाई निःशुल्क ड्राइभिङ तालिम सञ्चालन गर्न संस्थाले यस बर्ष तीन लाख रुपैयाँ छुट्याएको सञ्चालक चौलागाई जानकारी दिएका छन् । 

यसबर्ष १२ जनालाई निःशुल्क तालिम दिने र ५० प्रतिशतलाई रोजगारीको समेत ब्यस्था गर्ने सञ्चालक चौलागाईले बताए । ड्राइभिङ सेन्टरमा हाल ७ जनालाई प्रत्यक्ष रोजगारी दिएको उनको भनाई छ । पत्रकार सम्मेलनको सहजीकरण अभिषेक मिश्रले गरेका थिए ।