अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ स्थित बसपार्कले श्री कामक्षा पीठ नवदुर्गा भवानी मन्दिरमा श्री शिव स्वरुप लिङ्ग महापुराणको उद्घाटन गरिएको छ । प्रतिनिधि सभाकी उप–सभामुख इन्दिरा राना मगरले महापुराणको उद्घाटन गरेकी हुन् ।
श्री कामक्षा पीठ नव दुर्गा भवानी मन्दिरको प्राङ्गणमा भारतको गुहाटी आसामबाट अग्नि कुण्डबाट ननिभाइ दियो ल्याइ २०७४ सालमा यहाँ स्थापना गरिएको र निरन्तर बाली राखिएको जनाइएको छ ।
दीर्घकालिन रूपमा बाली राख्न र मन्दिर जिणोद्वार गरि दैनिक पाठ पुजा संचालन गर्नका लागि अक्षयकोष स्थापनार्थ नौमती बाजासहित कलश सोभा यात्रा श्री शिव स्वरुप लिङ्ग महापुराणको आयोजना गरिएको अध्यक्ष माधवप्रसाद चम्लागाइले बताएका छन् ।
अहिलेसम्म सुन्न नपाएको शिव स्वरुप लिङ्ग पुराण प्रमुख कथा बाचक प्रखरवक्ता युवा पण्डित घनश्याम काफ्ले र अमृतमय कथा बाचन युवा पण्डित कमल काफ्लेबाट पाठ परायण र बिशिष्ठ कलाकारहरुबाट भजन कृतन र झाकी प्रदर्शन रहने र सहयोगी भक्तजनहरुलाइ सादर निमन्त्रणा समेत गर्दै त्यही श्रावण २३ देखि २८ गतेसम्म सन्चालन रहने कोषाध्यक्ष गङ्गाप्रसाद मैनालीले बताए ।
कार्यक्रममा सबैले धार्मिक सहिष्णुता र सद्भाव राख्दै बिकास र समृद्धि गर्न एकता साथ लाग्न कामक्षा भगवती माताको आशिर्वाद प्राप्त रहोस् भन्दै पुराण सफलताको लागि प्रमुख अतिथि प्रतिनिधि सभाकी उप सभामुख इन्दिरा राना मगर, बिशिस्ट अतिथि अर्जुनधार नगर प्रमुख बलदेवशिह गोम्देन, जलेश्वर धामका प्रमुख अग्नि सिग्देल, वडाध्यक्ष खगेन्द्र इङ्गनाम, जुनकीरी आधारभूत बिद्यालयका अध्यक्ष जगतबहादुर मगर, रासपाका उमेश खरेल, समाजसेवी ओम बिमली लगायतले शुभकामना मनतब्य राखेका थिए ।
समितिका सल्लाहकार हरि नारायण भट्टराईले पुराणको औचित्य तथा स्वागत गरेको कार्यक्रमको सहजीकरण सचिव हरि भण्डारीले गरेका थिए ।


















