सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकामा वातावरण मैत्री शव दाह गृह सञ्चालन सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम भएको छ । कनकाई नगरको आयोजना तथा कनकाई घाट ब्यवस्थापन समितिको सह–आयोजनामा आज (बुधवार) नगरको सभाहलमा अन्तरक्रिया कार्यक्रम भएको हो । 

सरोकारवालाहरुले पूर्वकै ठूलो मध्ये एक कनकाई घाटमा वातावरण मैत्री शवदाह गृह सञ्चालन सम्बन्धी आ–आफ्नो धारणा ब्यक्त गरेका थिए । 

नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा भारतको दिल्लीस्थित पर्यावरण एव बन सुरक्षा समिति तथा रोटरी क्लव अफ गाजियाबादका अन्सुल गर्ग र रोटरी क्लब अफ दिल्लीबार काठमाडौंका उपाध्यक्ष युवराज रोक्काले सहजीकरण गरेका थिए । 

स्वागत कनकाई घाट ब्यवस्थापन समितिका अध्यक्ष बेदप्रकाश अग्रवालले गरेको कार्यक्रमको सञ्चालन सदस्य गोपाल खरेलले गरेका थिए । 

kankai ghat

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले कनकाई घाट ब्यवस्थापनका लागि कोशी प्रदेश सरकारले एक करोड रुपैयाँ छुट्याएको र सवैले सहयोग गरेर बातावरणमैत्री शवदाह गृह बनाउनु पर्ने बताए । 

कार्यक्रममा सुरेश अग्रवाल, नन्दकिशोर दत्त, बिजेन्द्र अग्रवाल, दुर्गाप्रसाद चापागाईलगायतले  वातावरण मैत्री शव दाह गृह सञ्चालन सम्बन्धी जिज्ञाशा राखेका थिए । 

कार्यक्रममा नगरका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुसहित जनप्रतिनिधि, नगरका सामुदायिक बनका अध्यक्ष तथा प्रतिनिधि, रोटरी क्लब अफ सुरुङ्गा, मारवाडी सेवा समाज, कनकाई छठ सेवा समिति, नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गा, नेपाल भारतमैत्री संघ, सुरुङ्गा जेसीज, लायन्स क्लव अफ सुरुङ्गा र दुर्गापुरलगायत बिभिन्न्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।