झापा ।
झापाको कनकाई नगरपालिका वडा नम्बर ३ सेल्फिडाँडा जाने भित्रि सडक खण्डबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका वडा नम्बर २ का २३ बर्षिय भुपेन्द्र सिंहराजवंशी र बिर्तामोड– १ की १९ बर्षिया आशिका नेम्वाङ लिम्बुलाई पक्राउ गरिएको हो ।
मंगलबार साँझ ६ः३० बजेको समयमा उनीहरुमाथि शंका लागेर चेकजाँच गर्दा आशिका नेम्वाङ लिम्बुको साथबाट प्रतिबन्धित लागु–औषध ब्राउन सुगर प्लाष्टिक बाहेक ५६० मिलिग्राम फेला परेको थियो ।
त्यस्तै अर्का भुपेन्द्रसिंह राजवंशीको साथबाट नगद २ हजार १०० फेला परेको थियो । उनीहरु दुबै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।