काँकरभिट्टा । 

बंगलादेशमा फेरी आन्दोलनले उग्र रुप लिएपछि सोमवार ५ जना बिद्यार्थी नेपाल फर्किएका छन् । बङ्गलादेशमा सन् २०२४ जुलाई १४ गते यता सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालिको विरोधमा जारी आन्दोलनले उग्ररुप लिएपछि नेपालबाट गएका बिद्यार्थीहरु फर्किने क्रम बढेको छ । 

आन्दोलन चर्किएसँग गत असार ३१ गतेदेखि नेपालको पूर्वी नाका काँकरभिट्टा हुँदै  सोमबारसम्ममा एक हजार दुई ३२ जना स्वदेश फर्किएका अद्यागमन कार्यालय काँकरभिट्टाको अभिलेखले देखाएको छ । 

जसमा ७ सय ५३ जना महिला र ४ सय ७९ पुरुष रहेका  छन् । उक्त संख्या मध्ये अधिकांश बिद्यार्थी रहेका छन् ।  सन् २०२४ को जुन महिनामा उच्च अदालतले सरकारी जागिरमा आरक्षण प्रणालीलाई पुर्नरस्थापित गरेको र आरक्षण प्रणाली अन्त्य गर्ने निर्णयलाई पनि गैरकानुनी भनेपछि बङ्गलादेश भर चर्को विरोध शुरु भएको थियो ।

आरक्षण प्रणाली अन्त्य गर्ने निर्णयलाई पनि गैरकानुनी भनेपछि बङ्गलादेश भर चर्को विरोध सुरु भएको थियो । सर्वोच्च अदालतले जुलाई २१ मा आरक्षण कोटा प्रणालिलाई ७ प्रतिशतमा झारेपछी आन्दोलन मत्थर हुने बिश्वास गरिएको भएतापनि बिद्यार्थी संगठनहरुले सरकार परिवर्तनको माग गर्दै आन्दोलन गरिरहेका छन् । 

बिद्यार्थी संगठनहरुले शेख हसिना माथि हत्या, लुटपाट र भ्रष्टाचारको मुद्दा चलाइनुपर्ने माग राखी आन्दोलन उग्र बनाएको बुझिएको छ । आन्दोलनका क्रममा सुरक्षाकर्मी, आन्दोलनकारी बिद्यार्थी, सत्तारुढ अवामी लिगका कार्यकर्ताहरुलगायत गरि हालसम्म तीन सय जना बढिको मृत्यू भइसकेको र एघार हजार बढि प्रदर्शनकारीहरु सुरक्षा निकायको नियन्त्रणमा रहेको स्रोतले बताएको छ ।

आन्दोलनले उग्ररुप लिएपछि डेढ दशक उक्त देशको प्रधानमन्त्री बनेकि शेख हसिनाले राजिनामा दिएर देश छाडेर भारतको त्रीपुरा राज्यको राजधानी अगरतल आएको बुझिएको छ ।  देशमा प्रधानसेनापति वाकेर उज जमानले शासन ब्यवस्था लिएको बुझिएको छ । १९७२ देखि वङ्गलादेशमा लागू भएको आरक्षण व्यवस्थालाई सरकारले सन् २०१८ मा खारेज गरेको भएतापनि २०२४ को जुन महिनामा उच्च अदालतले सरकारी जागिरमा आरक्षण प्रणालीलाई पुर्नरस्थापित गरेको थियो । 

वङ्गलादेशम जारी उक्त आन्दोलनको असर नेपालमा समेत पर्न शुरु गरेको र सिमा नाकामा सुरक्षा अपनाइएको बताइएको छ । नेपाल भारतमा खुला सिमाना भएको कारण बङ्गलादेशी नागरिकहरु सहजै नेपाल प्रवेश गर्न सक्ने सम्भावना  रहेकोले सुरक्षा ब्यवस्था कडा गरिएको बताइएको छ ।