झापा । 

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ९ निन्दा खोलाको पुलबाट लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका वडा न.९ घोडामाराका ४६ बर्षिय अरेन्जय राजवंशी र सोही स्थानका २५ बर्षिय कृष्ण राई राई छन् ।


प्रहरी चौकी घोडामाराबाट र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनीहरुलाई नियन्त्रण गरिएको हो । 


सामबार साइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शंका लागेर रोकेर चेकजाँच गर्दा अरेन्जय राजवंशीको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर प्लाष्टिक बाहेक २ ग्राम ७९० मिलीग्राम फेला परेको थियो । 


ब्राउन सुगर फेला परेसँगै दुई वटा साईकलसहित उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएर  जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य  भइरहेको प्रहरीले जनाएको छ ।