बिर्तामोड ।
नव दुर्गा किर्तन मण्डलीले छ जना जेष्ठ नागरिकसहित नौ जनालाई सम्मान गरेको छ । झापाको बिर्तामोड–४ लालीगुराँस टोलमा रहेको किर्तन मण्डलीले आज (सोमवार) तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनका अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।
जेष्ठ नागरिक टंकमाया अधिकारी, साबित्रादेबी निरौला, तीलकबहादुर घिमिरे, थुम्सी राजवंशी, दानबहादुर कट्टेल, प्रेमबहादुर अधिकारीलाई सम्मान गरिएको छ । त्यसैगरी किर्तनमा नियमित सहभागी हुने दम्पत्तीमा जयन्द्र र खगमाया पौडल र र्कितनका बाध्यबाधक पूर्णप्रसाद मैनालीलाई सम्मान गरिएको छ ।
किर्तन मण्डलीका अध्यक्ष श्यामलाल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक ब्यक्तित्व तथा कार्यक्रमका प्रमुख अतिथि बासु दुलालले सम्मान गरेका थिए ।
स्वागत उपाध्यक्ष पुर्णप्रसाद मैनालीले गरेको कार्यक्रममा प्रमुख अतिथि दुलाल, सामाजिक ब्यक्तित्व गोपीकृष्ण अधिकारी, इन्द्रेणी महिला समाज झापाकी अध्यक्ष इन्दु कट्टेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव पुष्प बिमलीले गरेका थिए ।
लालीगुराँस टोलका ३५ घर परिवार संगठित उक्त किर्तन मण्डलीले धर्म संस्कृतिको जर्गेना गर्दै नियमित रुपमा प्रत्येक शनिवार भजन किर्तन गर्दै आएको सदस्य तथा गायिका तारा दुलालले जानकारी दिइन् । उनका अनुसार किर्तन मण्डलीले सांस्कृतिक तथा पर्यटन भ्रमणसमेत गर्दै आएको छ ।
अधिवेशनले अध्यक्षमा पुनः श्यामलाल अधिकारीलाई सर्वसम्मत चयन गरेको छ । नयाँ समितिका उपाध्यक्षमा पूर्णप्रसाद मैनाली, सचिवमा पुष्पराज बिमली, सह–सचिवमा बबिता कट्टेल , कोषाध्यक्षमा दीपा पौडेल र सह–कोषाध्यक्ष अप्सरा कट्टेल सर्वसम्मत चयन भएका छन् । त्यसैगरी सदस्य निर्मला कट्टेल शोभा राजबंशी, युवराज प्रसाई, सरस्वती थापा र निर्मला चुँडाल चयन भएका छन् ।
त्यस्तै सल्लाहकार समितिको संयोजक बासु दुलाल, सदस्यमा गोपीकृष्ण अधिकारी, इन्दु कट्टेल, मनिता दाहाल र खगमाया पौडेल रहेका छन् ।