झापा । 

अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाको वारदातपछि फरार रहेका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर साबिक टीकाथली गाविस–७ परिवर्तित महालक्ष्मी नगरपालिका वडा नं.६ घर भई हाल झापामने विर्तामोड नगरपालिका वडा नम्बर ५ डेरा गरि बस्ने ३४ बर्षिय मधुकर बस्नेत रहेका छन् ।  

 

कृष्णप्रसाद शिवाकोटीको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी मधुकर बस्नेत भएको अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाको वारदातपछि फरार रहेको उनी पक्राउ परेका हुन् । 


बस्नेत फरार भई सुनसरीको इटहरी एरिया इलाकामा लुकीछिपि बसिरहेका थिए । उनलाई इलाका प्रहरी कार्यालय इटहरी सुनसरी संग समन्वय गरि त्यस कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 


उनलाई झापा जिल्ला अदालतबाट म्याद लिई सो सम्बन्धमा थप अनुसन्धान कार्य  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।