झापा । 

झापाका बिभिन्न स्थानबाट लागूऔषधसहित एक महिलासहित छ जना पक्राउ परेको छन् । आज (शनिवार) र हिजो (शुक्रवार) राती गरेर जग्म्मा छ जनालाई लागूऔयाधसहित प्रहरीले पक्राउ गरेको हो । 

शुक्रबार साँझ दमक नगरपालिका वडा नम्बर ३ बेलडाँगीकी २३ बर्षिया प्रमिला गुरुङले अवैध लागु–औषध बेचबिखन गरिरहेको भन्ने गोप्य सुचना प्रहरी चौकी बाघखोर प्रहरी टोली प्लाष्टिक बाहेक १ ग्राम ५८० मिलिग्रामसहित पक्राउ गरेको छ ।  उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा थप अनुसन्धान  भइरहेको छ । 

 गएराती मेचीनगर–६ पुरानो मेचिपुलबाट लागू–औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको मे १० प १३३८ नम्वरको मोटरसाईकलमासहित दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मेचीनगर–१०  का २९ बर्षिय राजिव साह र पछाडी सवार सोही स्थानका २८ बर्षिय महमद अजिम छन् । उनीहरुलाई शंका लागि चेकजाँच गर्दा लुकाई छिपाई ल्याउदै गरेको खैरो हेरोइन प्लाष्टिक बाहेक ४ ग्राम १७० मिलिग्राम फेला परेको थियो । उनीहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान  भइरहेको छ । 

त्यस्तै आज दमक–५ मा डेरा गरी वस्ने इलाम चुलाचुली गाउँपालिका–३ का २६ बर्षिय अगम राई लागुऔषधसहित पक्राउ परेका छन् । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले उनको कोठा खानतलासी लिदा बेच्नको लागी स– सानो पोका पारी राखेको ब्राउनसुगर प्लाष्टिक बाहेक ५ ग्राम फेला परेकोले थियो । नियन्त्रणमा लिई सोधपुछ गर्दा कमल–५ का ३६ बर्षिय जीवन लिम्वुले मागेको र उनलाई बिक्री वितरण गर्न पोका पारि राखेको भनि वताएकोले जीवन लिम्बुलाई समेत उक्त लागुऔषध लिन आउने क्रममा फेला पारी पक्राउ गरिएको छ । दुवै जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान  भइरहेको छ । 

त्यसैगरी आजै भद्रपुर–५ मेची पुलबाट अस्थाई प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री इलाम चुलाचुली गाउँपालिका वडा नं.३  का २८ बर्षिय विवेक राईलाई शंका लागि चेकजाँच गर्दा प्लाष्टिकमा पोका पारी मुख भित्र राखी लुकाइ छिपाइ ल्याउँदै गरेको ब्राउन सुगर प्लाष्टिक बाहेक ६५० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा ल्याई राखि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।