बिर्तामोड । 

झापाको बिर्तामोड–५ स्थित पुरानो इलाम स्टेण्ड छेउ रहेको अधिकारी कम्प्लेक्समा सञ्चालित अपेक्षा मेकअप स्टुडियोमा बिभिन्न ब्यूटीसियन सम्बन्धी तालिम सञ्चालन साथै ब्यूटीसियन सम्बन्धी काम हुँदै आएको छ । 


४० लाख रुपैयाँ बढीको लगानीमा ९ महिना अघिदेखि सञ्चालन हुँदै आएको मेकअफ स्टुडियोमा ब्यूटीसियन सम्बन्धी कार्य साथै तालिम हुने गरेको मेकअप स्डुडियो सञ्चालिका अपेक्षा कार्कीले जानकारी दिएकी हुन् । 

apekshaya

झापामा मुख्य कार्यालय रहेको देशकै सवै भन्दा ठूलो सहकारी सहारा नेपाल साकोसको लेखा शाखामा ७ बर्ष काम गरिसकेकी कार्कीले भारतको दिल्ली र थाइल्याण्डमा ब्यूटीसियन सम्बन्धी तालिम लिएर मेकअप स्टुडियो सञ्जालन गरेकी हुन् । मेकअप स्टुडियोमा मेकअप, ल्यासेस, नेल्स, हेयरका काम गरिने बताउँदै सञ्चालिका कार्कीले बिभिन्न कक्षा पनि सञ्चालन गरिदै आएको बताएकी छिन् । 


सञ्चालिका कार्कीका अनुसार मेकअप स्टुडियोमा मेकअपको ७ दिने र एक महिने, नेल्सको एक र दुई महिने, ल्यासेसको १० दिने र हेयरको २५ दिने तालिमसमेत दिइने गरेको छ । 


तालिम लिइसकेकालाई रोजगारीका लागि मेकअप स्टुडियोले समन्वय भूमिका पनि खेल्ने सञ्चालिका कार्कीले बताइन् । अहिलेसम्ममा उक्त मेकअप स्टुडियोबाट तालिम लिएर २५ जना वढी पासआउटसमेत भइसकेको उनले जानकारी दिइन् । आगामी दिनमा तालिम लिन इच्छुक तथा आर्थिक अवस्था नाजुक भएकाका लागि  बिशेष छुट दिएर तालिम दिने बताइन् । हाल मेकअफ स्टुडियोमा उनीसँगै ५ जनाले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ ।