काँकरभिट्टा । 

झापाको काँकरभिट्टाबाट चार सय ८६ थान इन्डियन सारीसहित बिभिन्न सामाग्री पक्राउ परेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले आज (शुक्रवार) उक्त सामान नियन्त्रण गरेको हो । 


मेचीनगर नगरपालिका वडा नम्बर ६ भन्सार गेट हुँदै भारतबाट नेपालतर्फ भन्सार छलेर नेपाल ल्याइदै गरेको सामाग्री प्रहरीले नियन्त्रणमा लिएको हो । 


भन्सार छलेर लुकाई छिपाई ल्याउँदै गरेको ४८६ पिस इन्डियन साडी तीन लाख १४ हजार मूल्य बराबरको र नेपालबाट भारततर्फ अबैध रुपमा लादैं गरेको मकै ३ बोरा ७ हजार ५०० मूल्य बराबरको गरि जम्मा ३ लाख २१ हजार ५०० रुपैयाँ मूल्य बराबरकोसामान नियन्त्रणमा लिइएको छ । 


उक्त सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।