बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ बिर्तासिटी अस्पताल परिसर भित्रबाट तीन जनालाई लागूऔषधसहित प्रशरीले पक्राउ गरेको छ । अस्पताल भित्र परिसरमा शंकास्पद अवस्थामा हिडडुल गरिरहेको अवस्थामा बुधबार साँझ उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बिर्तामोड –६ का २४ बर्षिय अनिष चौधरी, सोही स्थानका २५ बर्षिय सुरज राई र २३ बर्षिय धिरज राई रहेका छन् । शंकास्पद अवस्थामा रहेका तीनै जनालाई चेकजाँच गर्दा लागुऔषध जस्तो देखिने बस्तुहरु फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुका बिषयमा इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ परेको हो ।
उनीहरु तीनै जनाको शरिर खानतलासी गर्दा धिरज राईको साथबाट प्रयोग नभएको सिरिन्ज १ थान, प्रयोग भएको सिरिन्ज ३ थान, लेबल बिनाको एम्पुल १ थान, सुरज राईको साथबाट प्रतिबन्धित लागु–औषध खैरो हेरोईन प्लास्टिकसहित १ ग्राम ९३० मिलि ग्राम र प्लास्टिक बाहेक ६२० मिलि ग्राम, ४ वटा प्रयोग भएको र ५ वटा प्रयोग नभएको ल्ष्तचबखभत कम्पनीको ट्यावलेट १ पत्ता र अनिष चौधरीको साथबाट चाँदी जस्तो देखिने चम्ची १ थान फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।