झापा ।
झापाको मेचीनगर नगरपालिका वडा न.६ मेचीपुलबाट भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याइदै गरेको कपडा प्रहरीले नियन्त्रण गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ तीन लाख १२ हजार रुपैयाँ बराबर मूल्यको कपडा नियन्त्रण गरेको हो ।
ं भारतबाट नेपालतर्फ भन्सार छली लुकाई छिपाई ल्याउदै गरेको सोफा सेटको कबर १३ बण्डल, साडी १२ बण्डल, लुङगी ४ बण्डल, कोट पाइन्ट कपडा १५ बण्डल गरी उक्त रकम बराबरको कपडा नियन्त्रण गरेको छ ।
नियन्त्रण गरिएको कपडा आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।