बिर्तामोड ।  

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा रहेको कनकाई हस्पिटलको क्यान्टिनमा आगलागी भएको छ । आज (बुधवार) ४ बजेको समयमा क्यान्टिनमा रहेको ग्यास सिलिन्डर अचानक पड्किएर आगलागी भएको हो । 


अस्पतालको क्यान्टिनमा आगलागी भएको भन्ने जानकारी इलाका प्रहरी कार्यालय अनारमनीमा प्राप्त हुन साथ तत्काल प्रहरी टोली पुगेको थियो । आगो प्रहरी र सोहि अस्पतालको कर्मचारीको सहयोगमा ाष्चभ भहतष्लनगष्कजभच र पानीको प्रयोग गरी ४ः२५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । 


 आगोलागीबाट बाह्रदशी गाउँपालिका वडा नम्बर ६ की ४१ बर्षिय सिता धमलाको दुबै खुट्टमा सामान्य जलेर घाईते भई सोहि अस्पतालकमा सामान्य उपारपछि  डिस्चार्ज भएको प्रहरीले जनाएको छ । 


त्यस्तै आगलागीबाट क्यान्टिन भित्र रहेको एउटा फ्यान, एउटा सिलिन्डर, एउटा ¥याक जलेर अन्दाजी १५ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।