दुर्गापुर ।
झापाको कनकाई नगरपालिकामा सुरक्षित बैदेशिक रोजगार र मानव बेचबिखन बिरुद्ध अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ। १० औ विश्व मानव बेचबिखन विरुद्धको दिवस पारेर मंगलबार कनकाईस्थित सुरुङ्गामा अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
करितास नेपाल, कनकाई नगरपालिका र ईलाका प्रहरी कार्यालय सुरङ्गाको आयोजना तथा लायन्स क्लब अफ कनकाई सुरुङ्गा, सुरङ्गा जेसिज, रोटरी क्लब अफ सुरुङ्गा, प्रजापति सामुदायिक वन, कनकाई अटोचालक समूह र बिरिङ्ग माई अटो चालक समुहको सहकार्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यलय सुरुङ्गाका प्रहरी जवान योगेन्द्र राज निरौलाले मानव बेचबिखन सम्बन्धी, सहजकर्ता फडेन्द्र दाहालले सुरक्षित बैदेशिक रोजगारबारे सहजीकरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि तथा कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले यस्ता बिषयमा सबै सचेत हुन आवश्यक रहेको बताइन् । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि , शैक्षिक व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो भने कनकाई नगरपालिकाको निमित्त प्रशासकिय अधिकृत जमुना कटुवाल , संघ संस्थाको तर्फबाट रोटरि क्लब अफ सुरुङ्गाका पुर्व अध्यक्ष सुशील श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कनकाई नगरपालिका १ का वडा अध्यक्ष सुशील कुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा औचित्यमाथी प्रकाश कारितास नेपालले गरेका थिए ।