काँकरभिट्टा ।
नेपालबाट भारततर्फ भन्सार छलेर लगिदैैं गरेको र भारतबाट नेपालतर्फ ल्याउदैं गरेको सामानहरु नियन्त्रणमा प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मंगलबार नियन्त्रणमा लिएको हो ।
झापाको मेचीनगर–६ जेसिकाठ्याक हुँदै नेपालबाट भारततर्फ लादैं गरेको १० कार्टुन लाईटर, मेचीनगर–६ हनुमान मन्दिर हँदैं भारतबाट नेपालतर्फ ल्याउँदै गरेको बिभिन्न किसिमका किराना सामानहरू पक्राउ गरेको हो । मेचीनगर–६ भन्सार गेट हुँदै भारतबाट नेपाल तर्फ ल्याउदै गरेको ३५ केजी चिनि, ६ केजी सुपारी, १० केजी मटर पक्राउ गरेको हो ।
त्यस्तै भन्सार गेट अगाडी हुँदै भारतबाट नेपालतर्फ ल्याउदै गरेको स्प्राईट, चिनी, सलाई, चक्लेट, रसगुल्ला, चनामटर, पास्ता, नरिवल, थुक्पा, सुप, बच्चाको जामा, लेडिज सर्ट, कुर्था सुरवाल, जेन्स हापपेन्ट, बच्चाको हापपेन्ट, सुईटर, कट्टु र भेष्ट लगायतका सामानहरु नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको जम्मा एकलाख ८९ हजार ४५० रुपैयाँको उक्त सामानहरुलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।