बिर्तामोड । 

जनपक्षीय पत्रकार देवकुमार आचार्यको स्मृतिमा स्थापित डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारको लागि स्थापित अक्षयकोषमा पत्रकार राजेन्द्र गौतमले नगद सहयोग गरेका छन् ।  नेपाल प्रेस युनियनका नेता गौतमले नगद पाँच हजार एक रुपैयाँ सहयोग गरेका हुन् । 

प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारको  अक्षयकोषमा सहयोग गर्न पाउँदा खुसी लागेको गौतमले बताए । 


जनपक्षीय पत्रकार आचार्यलाई २०५९  साउन ७ गते चारआलीस्थित सेनाको ब्यारेकमा हत्या गरिएको थियो । आचार्यको स्मृति दिवसको अवसरमा प्रत्येक वर्ष साउन ७ गते प्रेस सेन्टर झापाले उत्कृष्ट जनपक्षीय पत्रकारलाई पुरस्कार वितरण गर्दै आएको छ । 


पुरस्कार वितरणलाई नियमित र सहज बनाउनका लागि कोष स्थापना गरिएको प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष राजु पाठकले जानकारी दिए । पत्रकार गौतमले अध्यक्ष पाठक र सचव पुष्प खड्कालाई उक्त रकम हस्तान्तरण गरेका हुन् । 


पाँच हजार रुपैयाँबाट शुरू गरेको पुरस्कार राशि यो वर्षबाट वृद्धि गरी ४२ हजार रुपैयाँ पुर्याइएको उपाध्यक्ष होमप्रकाश अधिकारीले जानकारी दिए । १०लाख रुपैयाँको कोष बनाउने लक्ष्य राखेर स्थाना गरिएको कोषमा सहयोग गरिदिन उनले सबैलाई आग्रहसमेत गरेका छन्।