बुधवारे ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ बाट लागू औषध ब्राउन सुगरसहित दुई जनालाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको छ । 


बुद्वशान्ति–४ सट्टाभर्नास्थित लागू–औषध कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा  इलाका प्रहरी कार्यालय बुधबारे झापाबाट खटीएको  प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको हो । सोही स्थानका २५ बर्षिय सम्बर राईलाई उनकै भाई २३ बर्षिय सुरेन्द्र राईलाई पक्राउ गरिएको हो । 


सम्बर राईलाई शंका लागेर चेक चाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर प्लाष्टीक सहित १ ग्राम ८२० मिलिग्राम  र प्लाष्टीक बाहेक १ ग्राम ५३० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।


लागूऔषध फेला परेसँगै कोठामा रहेका उनका भाई सुरेन्द्र समेतलाई नियन्त्रणमा लिइएको बताइएको छ । उनीहरु दुबै जनालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान कार्य  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।