झापा ।
झापाको बुद्धशान्ति गाँउपालिका वडा नम्बर २ जयपुरस्थित तिरिङखोलाबाट नदीजन्य पदार्थ ल्याउँदै गरेका दुई वटा ट्याक्टर पक्राउ परेका छन् ।
खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ बालुवा लोड गरी बुधबारेतर्फ ल्याउँदै गरेको अवस्थामा को.२ त ५१८८ र प्र.१–०१–००२ त ०११२ नं को ट्याक्टरहरुलाई नियन्त्रणमा लिइएको हो ।
आइतवार दिउँसोको समयमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले नदीजन्य सामाग्रीसहित ट्याक्टर नियन्त्रण गरिएको प्रहरीले जनाएको छ ।
नियन्त्रण गरिएका दुवै ट्याक्टर आवश्यक कार्बाहीको लागि बुद्धशान्ति गाउँपालिकामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।