झापा । 

आज साउन महिनाको दोस्रो सोमबार झापाको अजुनधारा जलेश्वरधामसहित देशभरका शिव मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ । आज बिहानैदेखि अर्जुनधारा जलेश्वरधामसहित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।


साउन महिनाको प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।


साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।


हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो पूर्वकै पशुपति नाथले समेत चिनिने अर्जुनधारा जलेश्वरधामा रहेको छ । त्यसैगरी काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसीलगायतका स्थानमा रहेका शिव मन्दिरहरुमा भक्तजनहरुको आज बिहानैदेखि भीड रहेको छ । 


गेरुवस्त्रधारी बोलबम यात्रीहरुको पनि शिवालयहरुमा उल्लेख्य संख्या भीड रहेको छ । बोलबम यात्रीहरुले पूर्वकै धार्मिक स्थल कनकाई माई नदीबाट जल ल्याएर अर्जुनधारा जलेश्वरधाममा समेत चडाउने गरेका छन् ।