झापा । 

झापाको मेचीनगर नगरपालिका सिटी सफारीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज (आइतवार) मेचीनगर–६ बसपार्क हँुदैं भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याइदै गरेको ३ लाख एक हजार रुपैयाँ बराबरको बिभिन्न सामाग्रीसहित सिटी सफारीका साथमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 


सिटी चालक मेचीनगर–७ का ३० बर्षिय प्रदिप श्रेष्ठ र सामान धनि बिर्तामोड नगरपालिका वडा नं. ५ का ४० बर्षिया गिता ढकाललाई सामान र सिटीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 


इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा झापाबाट खटिएको शसस्त्र प्रहरी समेतको संयुक्त टोलीले प्र.–१–०१–००२ ह १४४ नं.को सिटि सफारीमा लुकाई छिपाई ल्याउदै गरेको बिभिन्न सामाग्रीसहित सिटी नियन्त्रण गरेको छ । 


 सिटीमा थ्री पिस भाडा, धाराको बोल्ड ग्रुप, डोर क्लोजर, डोर छेस्कनी, क्यापासिटर, सुइच प्लेट, कलको वासर, डोर लक, चरेस थाल गरेर जम्मा ३ लाख एक हजार बराबरको र सिटि रिक्सा एक लाख ८० हजार मूल्य बराबरको समेत गरी जम्मा ४ लाख ८१ हजार  बराबरको सामाग्री नियन्त्रण गरिएको जनाइएको छ । 


नियन्त्रणमा लिइएका सामानसहित चालक र सामानधनीलाई  आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।