धरान ।
समाजिक सेवा समर्पित संस्था रोटरी क्लव अफ घोपाले धरानमा वृक्षारोपण गरेको छ । धरान–१४ स्थित नारयणपुरमा रहेको संस्कृत विद्यालय र पिण्डेश्वर विद्यापिठ हाता भित्र वृक्षारोपण गरिएको हो ।
क्लवले नारायणपुरमा रहेको पिण्डेश्वर विद्यालयमा तथा पिण्डेश्वर विद्यापिण्ठमा विभिन्न फलफुलका विरुवा रोपेको हो । पिण्डेश्वर विद्यालयल र पिद्यापिठ परिसरमा विभिन्न फलफुलका २ सय विरुवा रोपोएिको हो ।
क्लवले लिचि, एभोकाडो, चिउरी, जामुन लगायतका फलफुलका विरुवा रोपिएको अध्यक्ष गौरभमान श्रेष्ठले जानकारी दिए । जलवायु परिवर्तनको विश्वव्यापी असर कम गर्न सकारात्मक सन्देश दिन वृक्षारोपण कार्यक्रम गरिएको कार्यक्रमका संयोजक प्रदिपकुमार श्रेष्ठले जानकारी दिए ।
विषेश गरि पिद्यापिडमा र विद्यालय दुवै आवसिय भएकोले त्यहाँ अध्ययन गर्नै तथा होस्टेलमा वस्ने विद्यार्थीहरुलाई लक्षित गरी फलफुलको विरुवा रोपेको बताइएको छ । वृक्षरोेपण कार्यक्रममा प्राध्यापक डाक्टर चन्द्रमणि नेपाल, कोशी प्रदेश सभा सदस्य यशोेदा कायस्थ, क्लवका पदाधिकारी सदस्य लगायकातको सहभागिता रहेको थियो ।