झापा ।  

झापामा खाली जमिनको खाल्डोमा जमेको पानीमा डुवेर एक जना १० बर्षिय बालकको मृत्यु भएको छ ।  झापा गाउँपालिका वडा नम्बर १ सालमाराका चिकु मियाका छोरा मोहमद दिलसाद मिया घरबाट शनिवार ११ बजे खेल्न गएका थिए । 


घरदेखि ५०० मिटर पूर्व पट्टी रहेको सोही स्थानका नजिर मियाको खाली जमिनको खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा मृत फेला परेको सोही स्थानका लमिजो मियाले ३ बजेदेखेका थिए । 


उनले देख्ने बित्तिकै आफन्तलाई जानकारी गराई लास घरमा ल्याई राखेको जानकारी प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी टोली गएको थियो ।


उक्त घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।