बिर्तामोड ।

 बिर्तामोड उद्योग वाणिज्य संघको विशिष्ठ सदस्यमा मनोनित निर्मल भट्टराईले सपथ लिएका छन् । आज (शनिवार) बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रमकाबीच भट्टराईले सपथ लिएका हुन् । 


उनलाई संघका अध्यक्ष राजु न्यौपानेले पद तथा गोपनियताको सपथ गराएका हुन् । संघको विधान २०७३ को परिच्छेद नंं। ३ को दफा ६।१ को उपदफा ‘घ’ मा व्यवस्था भए अनुसार संघको कार्यकारिणी समितिको बिशिष्ठ सदस्यमा भट्टराईलाई मनोनयन गरिएको थियो ।


गत बिहीबार बसेको संघको कार्यसमितिको बैठकले निर्मल स्टोरका प्रोप्राइटर समेत रहेका भट्टराईलाई वाणिज्य संघको विशिष्ठ सदस्य पदमा मनोनित गरिएको हो ।


बिर्तामोडका युवा व्यवसायी भट्टराई नेपाल अलैंची ब्यवसायी महासंघका केन्द्रीय अध्ययक्ष हुन् ।  उनी एभरेष्ट लार्ज कार्डमम इन्ड्रिष्टिका अध्यक्ष समेत रहेका छन् । बिर्तामोड ५ निवासी भट्टराई विभिन्न सामाजिक संघ संस्थामा समेत क्रियाशील छन् । उनी लोकप्रिय युवा व्यवसायीका रुपमा चिनिन्छन् । त्यस्तै संघको चार्टर्ड एकाउण्टेन्स्का रुपमा एञ्जिला मैनालीलाई नियुक्त गरिएको छ । उनी बिर्तामोडकी स्थायी वासिन्दा हुन् ।


कार्यक्रममा नव नियुक्त विशिष्ठ सदस्य भट्टराईले संघको विधान अनुसार व्यवसायीको पक्षमा भूमिका निर्वाह गर्ने धारणा राखेका थिए भने मैनालीले व्यवसायीलाई करका विषयमा आवश्यक परामर्श दिने र समस्या देखिए सुल्झाउन सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिवडाले गरेका थिए ।