बिर्तामोड । 

पूर्वेली ढुवानी सेवा प्रालिले ढुवानी व्यवसायलाई थप व्यवस्थित गरेको छ । पूर्वेलीले थप पाँच वटा मालवाहक ट्रक थप गरेर सेवा प्रवाहलाई अझै व्यवस्थित गरेको हो ।


कम्पनीका सञ्चालक निर्मल खत्रीले समयअनुसार प्रविधिले फड्को मार्दै गईरहेकोले आवश्यकतालाई ध्यानमा राखेर ५ वटा टाटा ब्राण्डको १० चक्के ट्रक खरिद गरेको जानकारी दिए । उनले बजार प्रतिस्पर्धात्मक रहेकोले सेवालाई सुध्रिढ, व्यवस्थित गर्दै बलियो बनाएर लैजानु पर्ने आवश्यकता रहेको बताए ।


बिगत ५ वर्षदेखि झापाको बिर्तामोडमा कार्यालय राखेर सेवा सञ्चालन गर्दै आएको पूर्वेली ढुवानीले ईटहरीमा समेत सेवा कार्यालय स्थापना गरेको छ ।  यस अघि नै ३६ वटा मालवाहक ट्रक र २ वटा टिपर सञ्चालनमा रहेको पूर्वेली ढुवानीमा एक सय जना भन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । ढुवानी व्यवसायी खत्री सामाजिक सेवामासमेत सक्रिय  छन् ।