झापा । 

पानी जमेको होलिमा माछा मार्ने क्रममा झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ मा एक जनाको डुवेर आज (शुक्रवार) मृत्यु भएको छ । 


मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नम्बर ४ का ४०  बर्षिय चुन्दे मुर्मु रहेका छन् । चुन्दे मुर्मु र सोही स्थानका अन्दाजी ३५ बर्षिय अक्तर मियाँ गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ स्थित टुनु बस्ति नजिकै रहेको पानी जमेको होलिमा माछा मार्न गएका थिए । 


सोही क्रममा चुन्दे पानीमा डुबेर घाईते भई उपचारको लागि नगर अस्पताल शिवगञ्जमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । 


उक्त अस्पतालमा उपचारको क्रममा ५ बजे  मृत्यु भएको हो । सो सम्बन्धी कानूनी प्रकृयालगायत अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।