झापा । 

झापाबाट दुई जना सुन जस्तो धातु देखाएर ठगी गर्ने दुई जना पक्राउ परेका छन् । झापा शिवसताक्षी नगरपालिका वडा नं.९ मिलन चोकस्थित पुर्व पश्चिम राजमार्गको उत्तरतर्फ रहेको रतुवामाई बृक्षारोपण आयोजनाको जंगलबाट बिहीबार एक जना र सोही दिन अर्कालाई भाग्दै गरेको अवस्थामा अर्जुनधारा–११ पतलीझोडामा फेला पारी पक्राउ गरिएको हो । 


ताप्लेजुङ सिरीजङघा गाँउपालिका वडा नं.४ घर भई झापाको अर्जुनधारा नगरपापालिका वडा नं.११ पुतलीझोडा बस्ने ४२ बर्षिय माईला कामी भन्ने पदम बहादुर बिश्वकर्मा र ताप्लेजुङ मैवाखा गाँउपालिका वडा नं.६ सामतोङका ४१ बर्षिय राम लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । 


उनीहरुलाई सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं.५ कालाबन्जारस्थित पाथीभरा ज्वेलर्स सञ्चालन गर्ने मानबहादुर बिकलाई बिलबिजक नभएको गाली राखेको अन्दाजी ७०० ग्राम सुन जस्तो देखिने धातु बेच्न लागेको सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको थियो । 


इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले सो स्थानमा रहेका लिम्बुलाई पक्राउ गरी चेकजाँच गर्दा उनले बोकेको झोला भित्र सेतो कपास र रातो कपडाले बेरेको बाहिरी भाग कालो भएको बिच भागमा काटिएको पहेलो सुन जस्तो देखिने बस्तुको लेप लगाएको १ केजी १९० ग्राम तौल भएको धातु, फलामको बिड बिनाको १ थान मार्तोल र बिभिन्न सुन चाँदी पसलको बिल तथा भिजिटिङ कार्डहरु फेला परेकोले  नियन्त्रण गरेर सोधपुछ गर्दा उनका साथी विश्वकर्मा फरार भएको जानकारी गराएका थिए । 


 बिवश्वकर्मालाई समेत खोजतलास गर्ने क्रममा अर्जुनधारा नगरपालिका वडा नं. ११ पतलीझोडामा भाग्दै गर्दा फेला पारी पक्राउ गरि दुवै जनालाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट राखिएको थियो । 


उनीहरुलाई झापा जिल्ला अदालतमा उपस्थित गराई ठगी कसुर मुद्दामा ५ दिन म्याद थप लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राम लिम्बु भने यसअघि कर्तव्य ज्यान मुद्दामा ११ वर्ष कैद सजाय भुक्तान गरेको समेत खुल्न आएको प्रहरीले जनाएको छ ।