झापा । 

पूर्वी नाका काँकरभिट्टाबाट भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको सामान गएराती प्रहरीले पक्राउ गरेको छ । गएराती ९ः३० बजेको समयमा भन्सार गेट स्थित हुँदै नेपाल भित्र्याउँदै गरेको सामान प्रहरीले नियन्त्रणमा लिएको हो । 


इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचीनगर नगरपालिका वडा नम्बर ६ भन्सार गेटबाट अवैध रुपमा ल्याइदै गरेको सामाग्री नियन्त्रणमा लिएको छ । 


भन्सार गेट हुँदै भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छलेर लुकाई छिपाई ल्याउँदै गरेको चिनी, चकलेट, बिस्कुटलगायतका अन्य किराना सामानहरु ४० हजार २३२ रुपैयाँ मूल्य बरावरको नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 


उक्त नियन्त्रण गरिएको सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।