बिर्तामोड । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर–१३ स्थित सडक खण्डमा भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् । आज (बिहीवार) ११ः४५ बजेको समयमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेका  मे ११ प १९०५ नम्बरको मोटरसाइकल र मे १ च ८५४३ ओटो एकआपसमा ठोक्किदा दुर्घटना भएको थियो । 


दुर्घटनमा मोटरसाईकल चालक बुद्धशान्ति गाउँपािलका–२ का २३ बर्षिय अनुराग पोखरेलको दुबै खुट्टा र दुबै हातमा चोट लागेको र अवस्था बोल्न सक्ने र पछाडि सवार सोही स्थानका २३ बर्षिय मनोज मगरको टाउको र बायाँ हातमा चोट अवस्था बोल्न सक्ने रहेको छ । 

त्यसैगरी दुर्घटनामा अटो चालक बुद्धशान्ति–२ का ४२ बर्षिय केशव भण्डारीको टाउको र अनुहारमा चोट लागेको अवस्था बोल्न सक्ने, अटोमा सवार सोही स्थानका ४२ बर्षिय इन्द्रप्रसाद रिजालको टाउको र अनुहारमा चोट अवस्था बोल्न सक्ने र अटोमा सवार अर्का ४३ बर्षिय यमबहादुर रिजाल टाउको र अनुहारमा चोट लागेको अवस्था बोल्न सक्ने रहेको प्रहरीले जनाएको छ । 


पाँचै जना घाइतेको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको  छ ।