झापा । 

झापाको बाह्रदशी गाउँपालिकामा जग्गाको बिषयमा भएको बिवादमा दुवै पक्षबिच झडप हुँदा ११ जना ब्यक्ति घाइते भएका छन् । आज (बिहीवार) ११ः३० बजेको समयमा खेतीको जग्गामा उत्पन्न बिबादमा दुवैपक्ष बिच झडप भएको थियो ।  


बाह्रदशी–३  स्थित राधानगरमा स्थानीय पर्शुराम साह र रेखानन्द साहबिच खेतीको जग्गा विषयमा बिबाद उत्पन्न भएको थियो । बिवादका क्रममा दुबै पक्षबीच भएको झडपमा ११ जना घाइते भएको बुझिएको छ ।  उक्त द्धन्द्ध सृजना भएपछि दुवैपक्षले धारिलो हतियार बाँस लाठी  प्रयोग गर्दा  ११ जना घाइते मध्ये केही घाइतेको अवस्था गम्भीर रहेको बुझिएको छ । 


दुबै पक्षबाट उत्पन्न द्धन्द्धबाट स्थानीय ३० बर्षिय अजयकुमार साह, ४० बर्षिय लीलानन्द साह, ४७ बर्षिया रेखानन्द साह, ३६ बर्षिया चाँदनी साह, ५६ बर्षिया पदमा देबि साह, ८० बर्षिय बिष्णु प्रसाद साह घाइते भएका छन् । 


त्यस्तै २२ बर्षिय महानन्द साह, ५४ बर्षिय पर्शुराम साह, १६ बर्षिय पर्शुराम साह, १७ बर्षिय बिबेक साह र ५४ बर्षिया मुनाखोरी साह घाइते भएका छन् । केही घाइतेहरुको अवस्था सामान्य रहेको छ भने केही गम्भीर घाइते भएको स्रोतले बताएको छ । घाइते सवैको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको बताइएको छ । 

संकेत तस्वीर