बिर्तामोड । 

स्थानीयले सडक निर्माण ढिलो हुँदा सास्ती खेप्नु परेको भन्दै झापाको बिर्तामोड–चन्द्रगढी सडक आज पनि बन्द गरेका छन् । आज (बिहीवार) पनि बिहान ७ः५ बजेदेखि स्थानीयले सडक अवरोध गरेका हुन् । 


स्थानीयले सडक अवरोध गर्दा सो सडक भएर चल्ने यातायातका साधन आवत–जावतमा समस्या भएको छ ।  झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्कुलडाँडा देउनियास्थित  बिर्तामोड–चन्द्रगढी सडक खण्डमा सडक निर्माणको कार्यमा ढिलासुस्ती भएको भन्दै स्थानीयले हिजो (बुधबार) बाट सडक अवरोध गरेका थिए । 


बुधवार वडाध्यक्ष अजय कार्कीको नेतृत्वमा करिब  ३५ जना स्थानीयहरुले बिर्तामोड–चन्द्रगढी सडक खण्डमा बास र ढुङ्गाहरु तेर्साएर सडक अवरुद्ध अर्थात चक्काजाम गरेका थिए । 


त्यस्तै आजपनि स्थानीयले सडक निर्माण कार्य ढिलासुस्ती भएका कारण धुवाँ धुलोले दैनिक जीवनयापन कष्टकर भएको भन्दै सडक अवरोधलाई निरन्तरता दिएका हुन् । 


सो सडक खण्ड हिजोदेखि स्थानीयले निरन्तर रुपमा अवरुद्ध गरेका भएपनि बैकल्पिक बाटोबाट यातायातका सवारी साधनहरु सञ्चालन भइरहेको बुझिएको छ ।