झापा । 

गएरती झापाको कचनकवल गाउँपलिका वडा नम्बर ४ केचनामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललन साहको १५ बर्षिय छोरा  बिशाल  साहको करेन्ट लागेर मृत्यु भएको हो । 


बिशाल आफ्नै घरको टिनको छानो भएको बराण्डामा के कुन  कारणले बिधुत  प्रवाह भई करेन्ट लागेर बुधवार राती अचेत अवस्थामा रहेका थिए । 


उनका बुबा ललनले देखेर तत्काल उपचारको लागि  प्राथमिक स्वास्थ्य केन्द्र बनियानि लगेकोमा डाक्टरले  चेकजाँच गर्दा मृत्यु भइसकेको घोषणा गरेको गरेको बताइएको छ ।


सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।