शनिश्चरे । 

झापा अर्जुनधारा नगरपालिका वडा नम्बर १ सिस्नेस्थित होम अधिकारीको धान खेतमा एक जना ब्यक्ति मृत फेला परेका छन् । इलामा माई नगरपालिका वडा नम्बर ३ घर भई हाल अर्जुनधारा नगरपालिका वडा नम्बर १ स्थित दिदि भिनाजुको घरमा बस्दै आएका अन्दाजी ४०/४५ बर्षिय टिका बहादुर लावती रहेका छन् । 


आज (बुधवार) बिहान ७ः३५ बजेको समयमा अर्जुनधारा–१ का वडाध्यक्ष उपेन्द्र बस्नेतले एक जना पुरुष मानिस घोप्टो परि मृत अवस्थामा रहेको प्रहरीलाई टेलिफोन मार्फत जानकारी गराएका थिए । 


सो जानकारी गराउना साथ तत्काल प्रहरी चौकी शनिश्चरे प्रहरी टोली घटना स्थल गएर घटना स्थल सुरक्षित राखेर अनुसन्धान तथा कानुनि प्रकृयाको लागि इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोड झापाका डिएसपी प्रकाश बिष्टसहित गएको थियो । 


अनुसन्धानका क्रममा लावती बिगतदेखि छोरा अन्दाजी १५/१६ बर्षिय आयुस लावती सहित दिदि भिनाजुको घरमा बस्दै आएको र बिगतदेखि जण्डिस सम्बन्धि बिरामि र मानसिक अबस्था ठिक नभएको पत्ता लागेको प्रहरीले जनाएको छ । 


घटना स्थलमा मृतकको आफन्तहरु आएको र इलाका प्रहरी कार्यालय अनारमनीले  कानुनि प्रकृया शुरु गरेको थियो । उक्त लाशको सम्पूर्ण कानुनि प्रकृया पुरा गरी लाश पोष्टमार्टमका  लागि प्रादेशीक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।