बिर्तामोड ।
झापाको बिर्तामोड–चन्द्रगढी सडक स्थानीयले बन्द गरेका छन् । आज (बुधवार) बिहान ९ः१५ बजेदेखि स्थानीयले सडक अवरोध गरेका हुन् ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्कुलडाँडा देउनियास्थित बिर्तामोड–चन्द्रगढी सडक खण्डमा सडक निर्माणको कार्यमा ढिलासुस्ती भएको भन्दै स्थानीयले सडक अवरोध गरेका छन् ।
वडाध्यक्ष अजय कार्कीको नेतृत्वमा करिब ३५ जना स्थानीयहरुले बिर्तामोड – चन्द्रगढी सडक खण्डमा बास र ढुङ्गाहरु तेर्साएर सडक अवरुद्ध अर्थात चक्काजाम गरेका छन् ।
स्थानीयले सडक निर्माण कार्य ढिलासुस्ती भएका कारण धुवा धुलोले दैनिक जीवनयापन कष्टकर भएको भन्दै सडक अवरोध गरेका हुन् । प्रहरी टोली परिचालन गरेर सवारी साधनहरुलाई बैकल्पिक बाटो तर्फ पठाइएको र अन्य अवस्था सामान्य रहेको बताइएको छ ।