विराटनगर ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आर्थिक बर्ष २०८०/०८१ को बार्षिक कार्य प्रगति विवरण सार्वजनिकीकरण गरेको छ । 


आज (मंगलबार)  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रमका वीच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहानिरीक्षक चन्द्र कुबेर खापुङको प्रमुख आतिथ्यमा बार्षिक कार्य प्रगति विवरण सार्वजनिक भएको हो । 


कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले कोशी प्रदेश प्रहरी कार्यालयले १ बर्षको अवधिमा गरेका सफल अनुसन्धान, अपराध नियन्त्रण तथा अनुसन्धान, विपद व्यवस्थापन, ट्राफिक व्यवस्थापन, सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएका सचेतनामुलक कार्यक्रम लगायत प्रहरीले गरेका नविनतम कार्यहरुको विवरण प्रस्तुत गरेका थिए । 


उक्त कार्यक्रममा उपस्थित संचारकर्मीहरुबाट उठेका जिज्ञासाहरुको प्रदेश प्रहरी प्रमुख खापुङले जवाफ दिएका थिए । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अवि नारायण काफ्ले, सिनियर प्रहरी अधिकृतहरु तथा बिभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।