काँकरभिट्टा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित काँकरभिट्टा बसपार्कबाट लागूऔषधसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । आज (सोमवार) दिनको ३ः३० बजेको समयमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 


पक्राउ  पर्नेमा  भारतको दार्जिलिङ खोरीबारी थाना का २२ बर्षिय अबास राजग्र र सोही स्थानका २२ बर्षिय मफिजुदीन अन्सारी छन् । लागूऔषध नियनत्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो । 


राजग्र र अन्सारीलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुले खुकुरी चुरोटको बट्टाभित्र प्लाष्टिकको पोकामा लुकाई छिपाई राखेको प्रतिबन्धित लागू औषध खैरो हेरोइन प्लाष्टिक बाहेक १० ग्राम ७४० मिलिग्राम फेला परेको थियो । 


 खैरो हिरोइनसँग फेला परेका उनीहरुलाई उक्त सामानसहित नियन्त्रणमा लिईएको छ । नियन्त्रण गरिएका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।