झापा ।

झापाको अर्जुनधारा नगरपालिका–४ का २६ बर्षीय अमिर दनुवार चोरीको मोटरसाईकलसहित पक्राउ परेका छन् । 


असार ४ गते अर्जुनधारा–४ भाङबारीमा पार्किङ गरी राखेको मे.७ प ८३०९ नम्बरको मोटरसाईकल चोरी भएको थियो ।


उक्त जानकारी प्राप्त हुना साथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दनुवारको घरबाट उक्त नम्बरको मोटरसाईकल फेला पारेको हो ।


चोरीको मोटरसाईकल सहित पक्राउ परेका दनुवारको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।