विराटनगर ।

सुनसरी र मोरङको छुट्टा–छुट्टै स्थानमा रहेको खोलामा डुबेर दुई जना बाल बालिकाको मृत्यु भएको छ ।


आइतवार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का बिष्णु परियारको ७ बर्षीया छोरी बिबिशा परियार सुनसरी खोला छेउमा खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको हो । 


त्यसैगरी मोरङको सुनवर्षी नगरपालिका–७ सुकुम्बासी टोलका श्रीकुमार रिषिदेवको ९ बर्षीय छोरा अमन रिषिदेब मरिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।


  घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।