दमक । 

घरबाट बिजुलीको तार जोडेर करेन्ट लगाई माछा मार्ने क्रममा झापाको दमकमा एक जनाको मृत्यु भएको छ । आज (सोमबार) दिनको २ बजेको समयमा माछा मार्ने क्रममा करेन्ट लागेर एक ब्यक्तिको मृत्यु भएको हो । 


इलाम सुर्योदय नगरपालिका वडा नम्बर १३ लक्ष्मीपुर घर भई हाल झापाको दमक नगरपालिका वडा नम्बर ३ स्थित धिमाल टोल बस्ने १९ बर्षिय मौसम राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । 


तेज बहादुर धिमालको घरमा बस्दै आएका इलाम सुर्योदय–१ का सुर्य राईको छोरा मौसम घरदेखी अन्दाजी ३० मिटर पश्चिम पट्टि रहेको खोल्सिमा घरबाट बिजुलीको तार जोडेर  करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाइते अवस्थामा फेला परेका थिए । 


घाइते उनको तत्काल उपचारको लागि दमक आम्दा अस्पतालमा ल्याई उपचार क्रममा आजै ३ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 


सम्पूर्ण कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटिएको साथै सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।