काँकरभिट्टा ।  

झापा मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित पुरानो मेचीपुलबाट लागू औषधसहित एक जनालाई प्रहरीले आज (आइतवार) पक्राउ गरेको छ । 


लागू–औषध नियनत्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटीएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री मेचीनगर–५ का १९ बर्षिय निर्दोश डाँगीलाई पक्राउ गरेको हो । 


डाँगीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागू–औषध ब्राउन सुगर प्लाष्टिक बाहेक ३ ग्राम ५२० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । 


आज बिहान ११ बजे नियन्त्रण गरिएका डाँगीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।