झापा । 

बिशालु सर्पले डसेर १० बर्षीया बालिकाको मृत्यु भएको छ । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ स्थित लिम्बु चोकी बालिकाको सर्वको टाकाईबाट मृत्यु भएको हो । 


 आज (आइतवार) दिउँसो १ः३० बजे मोरङको बेलबारी–४ स्थित लिम्बु चोकका सन्तोष कार्कीको छोरी भुमिका कार्कीलाई आफ्नै घरको कोठामा सर्पले टोकेको थियो ।


कोठा भित्र कपडा पट्याउने क्रममा अचानक गोमन सर्पले डसेर बालिका गम्भिर घाईते भएकी थिइन् ।  सर्वको टोकाईबाट घाइते बालिका भुमिकालाई उपचारको लागि कोशी अस्पताल बिराटनगरतर्फ लगिएको थियो ।


अस्पतालमा उपचारको क्रममा बालिकाको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।