बिर्तामोड । 

गुरु पूर्णिमाको अवसर पारेर झापाको कमल गाउँपालिका–३ केरखा निवासी आचार्य दुर्गाप्रसाद खतिवडालाई अभिनन्दन गरिएको छ । सनातन धर्म सेवा समिति झापाले गुरु वेद ब्यासका रुपमा गरिने ४१ औं अभिनन्दनमा आचार्य खतिवडालाई सम्मान तथा अभिनन्दन गरेको हो । 


झापाको बिर्तामोड–४ स्थित सनातन धर्म सेवा समितिको कार्यालयमा आयोजित समारोहका बिच आज (आइतवार) आचार्य खतिवडालाई अभिनन्दन गरिएको छ । 

sanatan

सनातन धर्म सेवा समिति झापाका अध्यक्ष सोमनाथ सुवेदीको अध्यक्षतामा भएको समारोहमा शिक्षासेवी गणेशप्रसाद खनालको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि खनालसहित गुरु तथा अतिथिहरुले आचार्य खतिवडालाई अभिनन्दन गरेका थिए । 


स्वागत सनातन धर्म सेवा समिति झापाका कोषाध्यक्ष दाताराम तिम्सिनाले गरेको कार्यक्रममा अभिनन्दित ब्यक्तित्व खतिवडाको परिचय डा. पुन्य सिग्देलले प्रस्ट पारेका थिए । 


कार्यक्रममा प्रमुख अतिथि खनाल, त्रिफला राष्ट्रिय पुस्ताकालयका संरक्षक प्रेमप्रकाश फलारी, गोमेन्द्र बहुमुखी महाबिद्यालयका प्राचार्य डा. रुपकप्रसाद खनाल, शिक्षासेवी जयनारायण ढुङ्गाना, पूर्व अभिनन्दित ब्यक्तित्व दामोदर पोखरेल, जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेल, मानव धर्म समितिका केन्द्रिय सदस्य अशोक सुब्बालगायतले शुभकामना मन्तव्य राखेका थिए । 


अभिनन्दित ब्यक्तित्व आचार्य खतिवडाले आशिर बचन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन सनातन धर्म सेवा समिति झापाका सचिव लक्ष्मीप्रसाद दंगालले गरेका थिए ।