झापा ।
नेपाल भारत सिमा अन्तर्गत भारतको पानीट्याङ्कीस्थित एसएसबी चेक पोइन्टमा एक जना पाकिस्तानी नागरिक पक्राउ पक्राउ परेका छन् ।
चेकजाँचका क्रममा बिएबि ६६६५ नम्बरको गाडीमा सवार गरी अवैध रुपमा भारत प्रवेश गर्दै गरेका पाकिस्तानी उनलाई शुक्रवार अन्दाजी ४ः४५ बजेको समयमा एसएसबिले सवारी साधनसहित नियन्त्रणमा लिएको बुझिएको छ ।
पक्राउ पर्नेमा पाकिस्तानी नागरिक ४६ बर्षिय सैफ उल्लाह भएको बुझिएको छ । उनीसँगै सोही सवारिमा सवार नेपाली नागरिकहरु मेघबहादुर मगर र मानवहादुर थापासमेत पक्राउ परेका स्रोतले बताएको छ ।
पाकिस्तानी नागरिकको दुवाईमा सेक्युरिटी कम्पनी भएको र नेपाली कामदार लैजानका लागि अन्तर्वार्ता लिन गत बिहीबार इटहरीस्थित हिमालयन गोरखा एचआर नामक म्याननपावर आएको र त्यहाँको अन्तर्वार्तापछि घुम्नका लागि एचआर मेनपावरका सञ्चालक मगर र थापासँगै इलाम पुगेर पुनः इटहरी फर्कन अगाडि सवारी मर्मतका लागि पानी ट्याङ्की जाँदा भारतिय एसएसबिले पक्राउ गरेको बताइएको छ ।
भारतिय एसएसबिको ४१ औं बटालिएनले नियन्त्रणमा लिएर खोरिबारी पुलिस थानालाई बुझाएको र उनीहरुलाई आज सब डिभिजन कोर्ट सिलिगुडिमा पेश गरेको बुझिएको छ । सवारी साधनसमेत नियन्त्रणमा रहेको स्रोतको दावी छ ।