दमक ।
झापाको दमकमा भएको आगलागीमा २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आज (शुक्रवार) साँझ ५ः२० बजेको समयमा अचानक बिद्युत सर्ट भई आगलागी भएको थियो ।
दमक नगरपालिका वडा नम्बर ६ का अशोक श्रेष्ठको ४ तल्ले पक्की घरमा दमक–७ का ४७ बर्षिय संजय रौनियारले भाडामा लिएर कपडा पसल सञ्चालन गर्दे आएका थिए ।
रौनियारको दोस्रो तत्लाको पूर्वपट्टिको कपडाको गोदाममा अचानक बिधुतको लाईन सर्ट भई आगलागी हुँदा उक्त गोदाममा रहेको साडी र थान कपडा पूर्ण रुपमा जलेर नष्ट भएको छ । उक्त आगलागीबाट २५ लाख रुपैयाँ बराबरको क्षतिको भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली, दमक नगरपालिकाको दमकल र स्थानियको सहयोगमा साँझ ५ः३० बजे पुर्ण रुपमा आगो नियन्त्रणमा आएको जनाइएको छ ।
उक्त आगलागीबाट मानवीय र चौपायाको क्षति नभएको र सो आगलागी सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।