कनकाई माई ।
झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित कनकाई माई खोलाबाटबगाएर ल्याइदै गरेको काठ नियन्त्रण गरिएको छ ।
कनकाई खोलाबाट गाडीको टिउमा बाँधेर अवैध रुपमा ल्याइदै गरिएको साखु जातको काठ प्रहरीले आज बिहान पक्राउ गरेको हो ।
चिरान काठ बगाएर ल्याईरहेको भन्ने गोप्य सुचनाको आधारमा अस्थाई प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोली र गैडे सामुदायिक बन उपभोक्ता समितिसहितको टोलीले काठ नियन्त्रणमा लिएका थियो ।
उक्त खोलामा सखुवा जातको (फेन्टा) १९ क्यु.फिट ५७ हजार रुपैयाँ मूल्य बराबरको चिरान काठ फेला पारी नियन्त्रणमा थियो ।
नियन्त्रणमा लिइएको चिरान काठ आवश्यक कारवाहीको लागि गैडे सामुदायिक बन उपभोक्ता समितिलाई बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।