झापा । 

गत आर्थिक बर्षमा ७८ वटा म्यानपावर कम्पनीले एक हजारवढी नेपाली कामदारलाई बैदेशिक रोजगारीका लागि पठाएका छन् । आर्थिक बर्ष २०८०/०८१ मा ३ लाख ५३ हजार १ सय ६३ जना वैदेशिक रोजगारमा गएकोमा ७८ म्यानपावर कम्पनीले हजार भन्दा बढी कामदार पठाएका छन् ।


 वैदेशिक रोजगार विभागका अनुसार नील कमल ह्युमन रिसोर्स प्रालिले आर्थिक बर्ष २०८०/०८१ मा सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा पठाएर पहिलो स्थान सरक्षित गरेको छ । 


 नीलकमले गत आर्थिक बर्षमा ७ हजार २ सय ८ जना कामदार वैदेशिक रोजगारीमा पठाएर पहिलो स्थान हासिल गरेको हो । दोस्रो एसओएस म्यानपावर सर्भिस प्रालि रहेको छ । उक्त म्यानपावर कम्पनीबाट ५ हजार ७ सय ४६ जना कामदार बिदेश गएका छन् । त्यस्तै एयर किंग्स प्लेसमेन्ट प्रालिले ४ हजार १४ जना कामदार वैदेशिक रोजगारीमा पठाएर तेस्रो स्थान हासिल गर्न सफल भएको छ । 


७८ वटा म्यानपावर कम्पनीले एक वर्षको अवधिमा एक हजारभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा पठाएका छन् भने २ सय ७९ म्यानपावर कम्पनीले त्यस अवधिमा एक सय जना पनि कामदार पठाउन सकेका छैनन् ।  ९ सय २२ म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा कामदार पठाएका छन् ।