चारआली ।
अबिरल बर्षापछिको वाढीले सडकको कल्भर्ट बगाएपछि अवरोध भएको सडक आज (शुक्रबार) बाट आवत–जावत शुरु भएको छ ।
चाराली–केचना सडक खण्डको भद्रपुर नगरपालिका वडा नम्बर १ स्थित लाहुरे चोक कृष्ण परणामी मन्दिर अगाडी गत साउन १ गते आएको अबिरल बर्षापछि कल्भर्ट बगाएको थियो । कल्भर्ट बगाएपछि गत साउन २ गते बिहान ८ बजेदेखि उक्त सडक खण्डमा अवरोध भई आवत–जावत बन्द भएको थियो ।
उक्त ठेक्का लिएको कम्पनी कञ्चनजङ्गा कन्ट्रकशनले बिहीवार तत्कालका लागि आवत–जावत गर्ने उद्देश्यले कल्भर्ट तथा तार जाली ढुङ्गा राखेर निर्माण कार्य सम्पन्न भएकोले आज (शुक्रवार) बाट बाटोमा सवारी साधन आवत–जावत सुचारु भएको जनाइएको छ ।
यसअघि असार १८ गतेबाट उक्त भत्केको सडक डिभिजन कार्यालय दमकको निर्देशनमा ४ बर्ष अगाडी सो बाटो निर्माण कार्य ठेक्का दिएको कंचनजङ्गा कन्ट्रकशन कम्पनीका ठेक्कदार तेन्जिङ शेर्पामार्फत निर्माण कार्य शुरु भएको थियो ।