झापा । 

झापाबाट दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार गौवध मुद्दा । लागूऔषध मुद्दामा फैसला भई फरार रहेका प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको हो । 

उच्च अदालत विराटनगर इलाम इजलास र झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी र मातहतबाट खटिएको प्रहरी टोलीले पक्राउ बिहीवार पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा झापा जिल्ला अदालतको मिति २०७८/०९/१४ गतेको फैसला उल्टि भई उच्च अदालत विराटनगर इलाम इजलासको मिति २०८०/०८/२० गतेको फैसला अनुसार गौवध मुद्दामा १ महिना कैद फैसला भई फरार रहेका  हल्दीबारी गाउँपालिका वडा नम्बर १  का ४४ बर्षिय मिन भन्ने मणिकुमार तुम्बापो रहेका छन् । 

त्यस्तै  झापा जिल्ला अदालतको मिति २०८०/११/२२ गतेको फैसला अनुसार लागूऔषध मुद्दामा १ बर्ष कैद फैसला भई फरार रहेका दमक नगरपालिका वडा नम्बर २ का  २९ बर्षिय किसन राजबंशी रहेका छन् ।   

पक्राउ परिएका दुवै फरार प्रतिवादीलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको छ । अदालतको आदेश अनुसार कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।