सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका वडा नम्बर  ९ निवासी निर्माण व्यावसायि तथा समाजसेवी शेरबहादुर थापा र धर्मपत्नी निर्मला थापाले अशक्त, अपांग, असाहय, गरिव, दीनदुखी, खेलाडी, जेष्ठ नागरिकलाई सहयोग गरेर जन्मदिन मनाएका छन् । व्यावसायि तथा समाजसेवी  थापाले आफ्नो  धर्मपत्नी निर्मला थापाको जन्म दिनको अवसर पारेर सुस्त श्रवण भएका बालबालिकाहरुसँग सहयोग गरेका छन् । 

समाजसेवी निर्मला थापाको आज  ५७ जन्मोत्सवको अवसरमा कनकाई १ मा रहेको सुस्त श्रवण भएका बालबालिकाको साथमा त्यहाँ रहेका बालबालिकाहरुलाई नयाँ कपडाका साथमा खाजा तथा खाद्य सामाग्री उपलब्ध गर्दै जन्म दिन मनाएकी हुन् । 

 विगतका दिनहरूमा पनि विभिन्न वृद्ध आश्रम, अपांग तथा असाहय रहेका संघ सस्थाहरुमा गएर मनाउने गरेको भन्दै गत वर्ष र यसवर्ष  आर्थिक अवस्था कमजोर भएका साथै वेसहारा, सुस्त श्रवण भएका नानी वावुहरुका साथमा जन्म दिन मनाउन पाउदा खुशी लागेको बताइन् । उनले सबैलाई जन्म दिन यसैगरि मनाउन आग्रह  गरिन् । 

 समाजसेवी शेरबहादुरले जन्मदिनमा गरिने फजुल खर्च कटाएर  दीन दुखी असाहय विपन्न अपांग जेष्ठ नागरिक खेलाडी लगायतका साथमा जन्म दिन मनाउन आग्रह गरे । 

समाजसेवी थापा परिवारले बिगतका वर्षहरुमा पनि आफ्नो जन्मदिनको अवसरमा धेरै संघ संस्थाहरुमा सहयोग गर्दै आएको जानकारी गराउदै आगामी दिनमा पनि आफुले सहयोगको हात निरन्तर फैलाउदै जाने र आफ्नो जन्मदिनको अवसरमा सबैले पार्टी प्यालेस वा होटलमा भोज भतेर गर्नु भन्दा दीनदुःखी गरिबको सहयोगमा जुट्नु पर्नेमा जोड दिएका थिए ।