झापा । 

कतारमा रहेका झापालीहरुको सामाजिक संस्था झापाली समाज कतारले झापा दमक नगरपालिकाकि उपमेयर रेगिना भट्टराई प्रसाईंलाई  सम्मान गरेको छ । कतार भ्रमणमा रहेकी  उपमेयर भट्टराई प्रसाइलाई दोहा कतारस्थित लालीगुराँस रेस्टुरेन्टमा आयोजित कार्यक्रमकाबिच बुधबार सम्मान गरिएको हो । उनलाई समाजले सम्मान स्वरुप खदा माला साथै सम्मान पत्र हस्तान्तरण गरेको थियो।

झापाली समाजले विभिन्न किसिमका बिपत्ति साथै वैदेशिक रोजगारका लागि कतार आइ दुःख कष्टमा परेकाहरुलाई सहयोग, देशमा बिपत्ति परेकाबेला आर्थिक साथै सामाजिक सहयोग गर्दै आएको छ । 

समाजले झापाको दोस्रो ठुलो नगरपालिका  कि उपमेयरलाई सम्मान गर्दा स्थानीय सरकारले गर्नुपर्ने विभिन्न काम हरुलाइ सुस्मढंगमा गर्न हौसला साथै उत्सुकता मिल्ने अपेक्षाका साथ सम्मान गरिएको हो । 

स्थानीय सरकार भनेको देशकै दोस्रो शक्तिशाली बिकास र परियोजनालाइ नियाल्ने निकाय भएकाले स्थानीय सरकारको मेरुदण्डको रुपमा २०७९ मा निर्वाचित उपमेयर भएकोले उनलाई सम्मान गरिएको समाजले जनाएको छ ।

त्यसैगरी उनलाई सम्मान गर्दा देश र स्थानीयस्तर प्रति माया सद्भाव अमर रहने र प्रेरणाको बिकास हुने परिकल्पना गर्दै झापाली सामाज कतारले भट्टराईलाई  सम्मान पत्र हस्तान्तरण गरेको छ। 

समाजका कार्यबाहक अध्यक्ष तिलक सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर रेगिनाकै प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा समाजका प्रमुख सल्लाहकार भवानी कोइराला, सल्लाहकार राजन कार्कीलगायतको आतिथ्य रहेको थियो । समाजका उपाध्यक्ष चानीलाल राजवंशीले  स्वागत  गरेको कार्यक्रममा प्रमुख सल्लाहकार कोइराला र कार्कीले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रम सञ्चालन सस्थाका महासचिव  सुदर्शन रोकाले गरेको समाजका सदस्य बिमल भारतीले जानकारी गराएका थिए । उक्त कार्यक्रममा प्रवाशमा रहेर पनि आफ्नै देशमा रहेको अनुभव भएको महसुस भएको थियो ।

  कार्यक्रममा ४० जनाभन्दा बढी झापलीहरुको उपस्थित रहेको  थियो ।  सो कार्यक्रममा आगामी दिनमा संस्थाका लागि स्थानीय स्तर साथै आफ्नो तर्फबाट हुन सक्ने विभिन्न तहमा उपप्रमुख  रेगिना भट्टराई प्रसाइको सहकार्य रहने प्रतिबद्धता समेत प्राप्त भएको भारतीले बताए ।